एक सय पचास किलो गाँजासहित दुई जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका ८ शुक्रबारेस्थित चतराबाट प्रहरीले १ सय ५० किलो गाँजा बोकेको गाडीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २२ वर्षीय भुपेन राय र रामधुनी ७ का २५ वर्षीय अमिर लिम्बूलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा चतराबाट आईरहेको को२च ११२ नम्बरको मारुती भ्यान र को २ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा भेनबाट १५० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भ्यानबाट १ थान नक्कली पेस्तोलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

Back to top button