सरकारद्वारा हवाइ उडान खुल्ला

काठमाडौं । सरकारले सबै खाले हवाइ उडान खुल्ला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आन्तरिक तथाा अन्तर्राष्ट्रिय सबै हवाइ उडान खुला गर्ने निर्णय गरिएको नागरिक उड्डयन तथा पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले बताउनुभयो ।

मन्त्रालयले कोभिड प्रोटोकल तयार पारेर उडान कार्य तालिका सार्वजनिक गर्ने छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि बैशाख २० गतेदेखि हवाइ उडान गर्ने सरकारले निर्णय गरेको थियो ।

Back to top button