एमालेको विवाद मिलाउन गठित कार्यदलको वैठक केहिबेरमा बस्दै

काठमाडौं । सत्तारुढ एमालेमा पार्टीको आन्तरिक विवाद समाधान गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै छ। केहिबेरपछि नै बस्ने वैठक आजपनि विषय केन्द्रित छलफलमा जुट्ने बताइएको छ ।

हिजो बसेको वैठकपनि एमालेको आन्तरिक विवाद समाधान उन्मुख भएको कार्यदलका सदस्यहरुले बताएका छन् । एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न आग्रह गरेको थियो। कार्यदलमा विशेष गरी त्यही विषयमा केन्द्रित रहेर छलफल भएको छ।

कार्यदलमा पार्टी अध्यक्ष केपी शर्मा ओली तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ । वरिष्ट नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त सदस्य हुनुहुन्छ ।

Back to top button