अपाङ्गता भएका वाललालिकाहरुका लागि पोषण सहयोग

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका आर्थिक विपन्न तथा बेसहरा अवस्थाका अपाङ्गता भएका वाललालिकाहरुका लागि पोषण सहयोग कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रदेश सरकार, नगरपालिका र करुणा फाउन्डेशनको त्रिपक्षीय संयुक्त कार्यक्रम अन्तर्गत आर्थिक विपन्न तथा बेसहरा अवस्थाका अपाङ्गता भएका २० जना वाललालिकाहरुका लागि पोषण सहयोग कार्यक्रम सञ्चालन गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, महिला तथा वालवालिका शाखा प्रमुख गीता कट्टेल, अपाङता रोकथाम तथा पुनस्र्थापना सहजकर्ता सम्झना वर्देवा, मनिता थापा र वर्षा मण्डल गौतमसहितको सहभागितामा घर घरमा गई चामल तथा पोषिलो खानेकुरा वितरण गरिएको हो ।

Back to top button