नेपाल खेलकुद महासंघद्धारा क्लवहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण

विराटनगर । नेपाल खेलकुद महासंघले मोरङको बेलबारीका खेलकुद क्लवहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिदै खेलकुदका गतिविधि अगाडि बढाउन आवश्यक रहेको ठहर गर्दै महासंघले खेलकुद क्लवहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

महासंघले मास्क, सेनिटाइजरलगायतका सामग्री हस्तान्तरण गर्दै खेलकुद क्षेत्रमा लागेका युवाहरुले निरन्तर अभ्यास र खेलकुदका गतिविधि जारी राख्नुपर्नेमा जोड दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले कोरोना भाइरसको संक्रमण लामो समय रहनसक्ने भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर भएपनि खेलकुदका गतिविधि जारी राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सवै नेपालीलाई एकताको सुत्रमा बाध्न सक्ने एउटै क्षेत्र खेलकुद रहेको भन्दै त्यसको प्रवर्दनका निम्ति सवैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बस्नेतले स्वास्थ्य सामग्री अप्सन क्लव बेलबारीका अध्यक्ष शितल रायलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण भएका स्वास्थ्यसामग्री स्थानीय क्लवहरुलाई समेत वितरण गरिने अध्यक्ष रायले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व जिल्ला विकास समिति सभापति खड्गबहादुर बस्नेत, बेलबारी नगरपालिकाकी उपप्रमुख ढाका पराजुली, महासंघ स्थायी कमिटी सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष रोहित कोइराला, स्थायी कमिटी सदस्य कृष्ण गुरुङ्ग, प्रदेश समिति सदस्य प्रताप अधिकारी, मोरङका संयोजक सुरज श्रेष्ठलगायतको उपस्थिति थियो।

Back to top button