प्रदेश १ मा आज ४६३ संक्रमणमुक्त, ७९२ थपिए

विराटनगर । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको छ ।

प्रदेश १ मा आज ७९२ जना कोरोना संक्रमित थपिएका छन् । यस प्रदेशमा १ हजार २३८ जनाको पिसिआर परीक्षण गर्दा ४४३ जनामा र १ हजार ११ जनामा एन्टिजेन परीक्षण गर्दा ३४९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या पिसिआर परीक्षणमा ७४ हजार २४३ र एन्टिजेन परीक्षणमा १९ हजार ९६४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६६८ रहेको मन्त्रालयले जनाएको छ ।

Back to top button