बिद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

झापा । विद्युत प्राधिकरणका एक कर्मचारीलाई आज करेन्ट लागेर मृत्यु भएको छ । विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रमा कार्यरत बिर्तामोड नगरपालिका ४ जात्रुबाडीका ६१ वर्षीय कुलबहादुर भट्टराईको मृत्यु भएको हो ।

बिर्तामोड ८ बाह्रबिघेकी रामकुमारी दर्जीको घरमा मिटर जडान गर्न बिजुलीको पोलमा चढने क्रममा करेन्ट लागेर भुइँमा लड्दा टाउकोमा चोट लोको थियो । टाउको चोट लागेर घाइते भट्टराईको बीएण्डसी अस्पताल बिर्तामोड लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Back to top button