लडेर महिलाको मृत्यु

ओखलढुंगा । खिजिदेम्बा गाउँपालिकामा एक महिलाको लडेर मृत्यु भएको छ । खिजिदेम्बा ८ कास्पु की ४३ वर्षीया पासाङफुरी शेर्पाको मृत्यु भएको हो ।

छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट करिब १२ फिट तल खसेर घाईते शेर्पाको घर ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

Back to top button