बोलेरोले किचिएर मृत्यु

उदयपुर । ताप्ली गाउँपालिका ५ डुढेस्थित सडक खण्डमा कटारीबाट रुपाटार तर्फ जादै गरेको बोलेरो गाडी उकालो चढ्न नसकेर पछाडीतर्फ चिप्लिने क्रममा एक जनाको किचिएर मृत्यु भएको छ । स्थानीय २५ वर्षीय रमेश नेपालीको मृत्यु भएको हो ।

प्र२–०१–००–१च ००५० नम्रबको बोलेरो गाडी उकालो चढ्न नसकी पछाडितर्फ चिप्लिने क्रममा उक्त गाडीमा सवार व्यक्तिहरु ओर्लने क्रममा किचिएर घाइते नेपालीको कटारी अस्पताल लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ । प्रहरी चौकी रुपाटारले बोलेरो नियन्त्रणमा लिए पनि चालक सोही स्थानका ३० वर्षीय ईस्वर श्रेष्ठ फरार रहेकाले खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Back to top button