प्रदेश १ मा आज ६२७ संक्रमित थपिए, ३०८ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ६२७ जना कोरोना संक्रमित थपिएका छन् । यस प्रदेशमा ८६७ जनाको पिसिआर परीक्षण गर्दा ३०७ र १ हजार ५५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या पिसिआर परीक्षणमा ७४ हजार ५५० र एन्टिजेन परीक्षणमा २०२८४ पुगेको छ । संक्रमित भएका मध्ये ६७ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् । आज ३०८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६४९ रहेको छ ।

Back to top button