संक्रमणसँगै सहरी क्षेत्रमा बढ्दै भिडभाड

विराटनगर । कोरोना संक्रमितको संख्या पछिल्लो समय पुनः बढ्दै गएको छ । संक्रमितको संख्या बढेसँगै सहरी क्षेत्रमा सर्वसाधारणको बढ्दै गएको भिडभाडले जोखिम निम्तियाएको छ । प्रदेश १ मा कोरोनाको दोस्रो लहर यी यस्तै भिडभाडमा सतर्कता नअपनाउँदा निकै क्षति व्यहोर्नु परेकोले सबैलाई सचेतता अपनाउन प्रदेश १ सरकारले आग्रह गरेको छ ।

प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले संक्रमणको दोस्रो लहरको प्रभाव समाप्त नभई न्यून मात्रै भएकाले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्नुभयो । ‘दोस्रो लहरको प्रभाव घट्दै गएसँगै तेस्रो लहर आउने विज्ञहरुले बताइराख्नु भएकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जीवनयापन गर्नुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘पहिलो लहरभन्दा दोस्रो लहरमा हामीले धेरै मानिसलाई कोरोना संक्रमणले गुमाएको सबैलाई ज्ञातैछ तर त्यो भन्दा पनि खतरनाक तेस्रो लहर आउने विज्ञहरुको भनाईलाई नजरअन्दाज नगर्न आग्रह छ ।’

मन्त्री राईले असाबधानिकै कारण पछिल्लो समय पुनः संक्रमितको संख्यामा वृद्धि भइरहेकोले सबैलाई सचेत र सुरक्षित रहन आग्रह गर्नुभयो । प्रदेश १ मा हिजो ३५२ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा २०६ महिला र १४६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक विकास मन्त्रालयको अनुसार मोरङमा १२६, झापामा १०७, सुनसरीमा ८८, धनकुटामा ८, संखुवासभा र उदयपुरमा ४–४, ताप्लेजुङ र इलाममा ३–३, भोजपुरमा २, पाँचथर, सोलुखुम्वु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङको विराटनगरमा ४३, बेलबारीमा ३०, केराबारीमा १७, सुन्दरहरैचामा ११, बुढीगंगामा ८, पथरीशनिश्चरेमा ७, धनपालथानमा ३, उर्लाबारीमा २, लेटाङ, कानेपोखरी, रतुवामाई, कटहरी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा २४, मेचीनगरमा २२, दमकमा १३, अर्जुनधारामा ११, भद्रपुरमा १०, हल्दिबारी र कनकाईमा ६–६, बुद्धशान्ति, शिवसताक्षी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका ३–३, कमल गाउँपालिकामा २ र बा¥हदशीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ४, महालक्ष्मी र स्थानीय तह नखुलेका २–२, संखुवासभाको चैनपुरमा २, खाँदबारी र स्थानीय तह नखुलेका १–१, उदयपुरको चौदण्डीगढीमा २, त्रियुगा र बेलकामा १–१, ताप्लेजुङको श्रीजंगा, फुङलिङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका, चुलाचुली र देउमाईमा १–१, भोजपुरको भोजपुर नगरपालिका र आमचोकमा १–१, पाँचथर, सोलुखुम्वु र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा हिजो ४२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २१८ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ९९५ पुगेको छ ।

Back to top button