डाँस गंगासागर घाटमा विद्युत जडान

पथरीशनिश्चरे । पथरीशनिश्चरे १० स्थित जिरिखिम्तीमा डाँस खोलामा रहेको डाँस गंगासागर शव दाह गृहमा विद्युत जडान गरिएको छ ।

वडाध्यक्ष सागर राई, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, वडा सदस्य मनुकारी विश्वकर्मा, अनोज घिमिरे, निर्माण उपभोक्ता समिति अध्यक्ष प्रेम ढकाल सहितको उपस्थितीमा विद्युतको उद्घाटन गरिएको छ ।

मोरङ ३ का सांसद भानुभक्त ढकालमार्फतको सांसद विकासकोषबाट डाँस गंगासागरको मर्मतका लागि आएको १० लाख मध्ये मर्मतमा ७ लाख ८ हजार खर्च भएर बचेको २ लाख ९२ हजारबाट उक्त काम गरीएको उपभोक्ता समितिका अध्यक्ष ढकालले बताउनु भयो ।

सो बजेटबाट ६ वटा विजुलीको पोल समेत खरिद गरी १७ वटा पोलमा सडक वत्ती जडान गरिएको छ । ७ लाख ८ हजार बजेटमार्फत विजुली जडान बाहेक शवदाहगृहस्थलमा पानी ट्यांकी र खाजाघर टहरा निर्माण सहितको काम पनि सम्पन्न भएको छ ।

केहि समयअघि स्थानीय समाजसेवी टंक भण्डारीले आफ्ना दिवंगत पितृ र पत्नीको स्मृतिमा सोही शवदाहगृह परिसरमा विश्रामस्थल निर्माण गरिदिनु भएको थियो ।

Back to top button