देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर यथावत रहन्छ : नेता नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर यथावत रहने प्रष्टीकरण दिनुभएको छ । सर्वोच्चमा बिचाराधिन मुद्दालाई प्रभावित गर्न नपाइने उहाँले बताउनुभएको हो ।

कार्यदलमा भएको १० बुंदे सहमतिको गलत व्याख्या गर्न नपाइने उहाँको भनाई छ । कार्यदलको सहमतिलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सन्जालमार्फत अब शेरबहादुर देउवाको पक्षमा एमालेका २३ सांसदको समर्थक घटेको र सर्वोच्च अदालतमा रिट दायर गर्ने १ सय ४६ मध्ये १ सय २३ मात्र बाँकी रहेको टिप्पणी गरेको प्रति नेता नेपालले प्रष्टीकरण दिनुभएको हो ।

Back to top button