थुनुवा फरार घटनामा तीन प्रहरी निलम्बन

सिरहा । ईलाका प्रहरी कार्यालय लहानको हिरासतबाट थुनुवा फरार भएको घटनामा तीन जना प्रहरीलाई निलम्बन गरिएको छ । थुनुवा कक्षको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक, हबल्दार र एक प्रहरी निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो ।

लागुऔषध मुद्दामा पक्राउ परेका नवराजपुर गाउँपालिका १ का पशुपति यादव शनिवार राति हिरासतको भेन्टिलेशनको छड काटेर फरार भएपछि तीनै जनालाई निलम्बन गरी घट्नाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button