सर्वोच्चको फैसलाप्रति प्रदेश १ मन्त्रीहरुको असन्तुष्टि : राजनितिक प्रणालिमाथि गीम्भर प्रश्न खडा भएको ठहर

विराटनगर । संसद विघटन विरुद्धको मुद्धामा सर्वोच्च अदालतले गरेको फैसलाप्रति प्रदेश १ सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले असन्तुष्टि ब्यक्त गर्नुभएको छ । उहाँहरुले सामाजिक सञ्जाल मार्फत फैसलाले शक्ति पृथकिकरण र राजनैतिक प्रणालीमाथि नै गम्भिर प्रश्न खडा गरेको टिप्पणी गर्नुभएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधनराईले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई गम्भिर संकटमा र अस्थिरतातर्फ धकेलेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालिको मुल मर्म माथि नै नाङ्गो प्रहार गरेको टिप्पणी गर्नुभएको छ ।

यस्तै प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले समेत राजनैतिक प्रणालि माथि नै गम्भिर प्रश्न खडा गरेको उल्लेख गर्नुभएको छ । उहाँले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै सर्वोच्च अदालतको संवैधानिक ईजलासद्वारा गरिएको फैसला संविधानको सर्वोच्चता, शक्ति पृथकिकरणको सिद्धान्त र बहुदलीय राजनैतिक प्रणालीमाथि नै गम्भिर प्रश्न अडा गरेको बताउनुभएको छ ।

यस्तै सामाजिक विकासमन्त्री उषाकला राईले ह्विप नलाग्ने भनेर भन्नु दलीय व्यवस्था बिरुद्धको विषय भएको बताउनुभएको छ । उहाँले सर्वोच्च अदालतले फलनालाई नै प्रधानमन्त्री भन्नु चाहिं प्रभुको ईच्छा होला भन्दै कटाक्ष गर्नुभएको छ । उहाँले यस्तो कुराहरु सम्मानित अदालतले भन्न मिल्छ र भन्दै प्रश्न समेत गर्नुभएको छ ।

Back to top button