शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्दै, सानो आकारमा मन्त्रीपरिषद बनाउने तयारी

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री बन्न लाग्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सपथग्रहण गर्दै सानो आकारको मन्त्रीपरिषद बनाउन लाग्नुभएको छ । यो सँगै उहाँ पाँचौं पटक प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।

हिजो सर्वोच्च अदालतले आज दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो । सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो ।

मन्त्रीपरिषदमा क- कस्लाई अटाउने भन्ने गठबन्धनका दलहरुले निर्णय गरेर नाम पठाउने तयारी गरेका छन् ।

Back to top button