२ हजार ७८ जना निको हुँदा ३ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । सोहि अवधिमा ११ हजार १२ नमूना परीक्षण गराउँदा २३ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाले ज्यान गुमाएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार हालसम्म ६ लाख २३ हजार १०५ जनाले कोरोलाई जितेका छन् ।

Back to top button