पथरीमा बाख्रा र बंगुरका पाठा वितरण

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे ३ मा लघु उद्यम विकासका कार्यक्रम अन्तर्गत बाख्रा तथा बंगुर पाठा वितरण गरिएको छ ।

लघु उद्यमको विकास गरी स्थानीय जनताको जीवनस्तर उकास्ने कार्यक्रम अन्तर्गत निर्माण भएको समूहलाई ५ दिने बाख्रा तथा बंगुर पालन तालिम प्रदान गरी ८ जनालाई बाख्रा र ५ जनालाई बंगुरका पाठा वितरण गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट बास्तोला, लघु उद्यम विकास शाखा प्रमुख हेमचन्द्र दहाल, शाखा कर्मचारी भगवती कटुवाल सहितले बाख्रा र बंगुरका पाठा वितरण गर्नुभएको हो ।

Back to top button