दुर्घटनामा वडा सदस्यको मृत्यु

इलाम । माङसेबुङ गाउँपालिका ४ मार्चेबुङस्थित दमक–रवि सडक खण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा वडा सदस्यको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिकाको वडा ४ का वडा सदस्य ३६ वर्षीय धनबहादुर राईको मृत्यु भएको हो ।

मे८प ६०४ नम्बरको मोटरसाइकलमा राई दमकबाट इलामतर्फ जाँदै गरेको अवस्थामा अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी इलामले जनाएको छ । दुर्घटनामा घाइते राईको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Back to top button