प्रधानमन्त्री देउवालाई ओली नेतृत्वको सरकारले गरेको गल्ती सच्याउन दलीय गठबन्धनको सुझाव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गल्ती सच्याउन र नयाँ गल्ती नगर्न सत्तारूढ दलीय गठबन्धनले सुझाव दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा गठबन्धनका नेताहरूले सुझाव दिनु भएको हो ।

गठबन्धनले देशको अवस्था र जनताका आवश्यकतामा केन्द्रित भएर सरकार सञ्चालन गर्न सुभलाव दिएको बैठकमा सहभागी एक नेताले बताउनुभयो । बैठकमा सहभागी जसपाका अध्यक्ष उपेन्द्र यादवले भोलीदेखि सरकार विस्तार हुने संभावना रहेको बताउनु भयो ।

Back to top button