पोखराका मेयरलाई मस्तिष्कघात, अवस्था सुधारोन्मुख

पोखरा । मस्तिष्कघात भएको पोखराका मेयर मानबहादुर जिसीको स्वास्थ्य अवस्थामा सुधार भएको छ । बिहान ४ बजे मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको र स्वास्थ्यमा सुधार देखिएको उहाँको प्रेस संयोजक माधव बरालले बताउनुभयो ।

उहाँलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिए पनि खराब मौसमले हेलिकोप्टर उड्न नसकेको बरालले बताउनुभयो ।

Back to top button