समाज परिवर्तन गर्न, आफैं बदलिन तयार हुनुपर्छ

अचानक निजगढबाट दाइको फोन आयो !
भाइ गाउँपालिकाको एम्बुलेन्सले बोहिरो सार्कीलाई ल्याएर चरिकोट अस्पतालमा छाडेको छ रे तुरुन्त त्यहाँ गएर सहयोग गर, कता-कता उकुसमुकुस भएर आयो।हिजो उसको पाखुरा बलियो हुँदा दुनियाँ आफ्नो थियो। आज उमेर ढल्कियो ७०/७२ बर्षका भए उनी । उसको साथमा न आफ्ना मान्छे छ्न,नत छिमेकी छ्न,धन सम्पत्तिको नाममा आफुले लगाएको कपडा भन्दा बाहेक केही छैन, नत उनी प्रती सहानुभूति देखाउने नै कोहि छ्न। उनी आफै अपांग छ्न बोली आउदैन,कान सुन्दैनन ।हातपाउ चल्न छाडी सकेको छ।
वडा अध्यक्ष रमेश अधिकारीलाई लिएर अस्पताल पुगे। उनी हस्पिटलको बेडमा एक्लै पल्टिएका रहेछ्न।उनलाई कुर्ने बिरामी कुरुवा समेत छैन। उता अस्पतालले आफन्तको परिचय नखुलेको भन्दै उपचार अघि बढाउन सकेको रहेनछ। कठै कस्तो विडम्बना !! मैले अस्पतालमा बिरामिको आफ्नो मान्छे बनेर सहि गरिदिए पछि उनको उपचार प्रक्रिया अघि बढ्यो।मैले उनलाई बोलाए तर उनले हामीलाई चिनेनन,हामी आफैंले माक्स खोलेर परिचय बतायौ।
धेरै दिन देखी भोकै थिए खानाको ब्यबस्थापन र आवस्यक औसधिको ब्यबस्था गरिदिए ।उनलाई (Appendicurar lamb) भएको रहेछ।
यो त समाजको एउटा उदाहरण मात्रै हो।समाजमा उनले जस्तो पीडा धेरैले भोगी रहेका छ्न।मेरो मनमा एउटै कुराले जहिल्यै सताउने गरेको छ।हरेक सरकार परिवर्तन हुँदै गर्दा विभिन्न किसिमका नाराहरु ल्याउने गरिन्छ।तर दिनदुखी ,सहाय, गरिव र अपांगहरुको जिवनस्तरमा कुनै पनि परिवर्तन आउन सकेको छैन। कहिलेकाही त यस्तो पनि लाग्छ,नेताहरु यिनै जनतालाई सिँडि बनाएर माथी कुर्सिमा पुगेका हुन्छ्न तर त्यो कुर्सीमा कस्तो किसिमको चुम्बकीय गुण हुन्छ कुन्नी बरु कुर्सी जान्छ कि भन्ने चिन्ता गर्छ्न ।जनताको दुखपीडालाई कहिल्यै फर्केर हेरेनन।धेरै ब्यबस्थाहरु परिवर्तन भयो।राणाहरुको शासन देखि लिएर अहिले गणतन्त्र सम्म आइ पुग्दा पनि जनस्तरमा कुनै पनि मान्ने किसिमको परिवर्तन आउन सकेन।

राजनीतिक परिवर्तन भए भनिन्छ तर समाजको आधारभूत शक्ति संरचना खासै फेरिएको छैन । हिजो जमिनदारहरूसँग शक्ति थियो । आधुनिकीकरण सुरु हुनासाथ तिनैका छोराछोरीले पढ्न पाए । राणाशासन गयो तर पहिलो छात्रवृत्ति पाउने को थियो ? तिनै राणाका छोराछोरी । तिनै शक्तिमा आए । अहिले तपाईंले हिजो सडकमा दु:ख पाएको केही नेताको व्यक्तिगत जीवनमा सुधार भएको देख्न त सक्नुहुन्छ तर आधारभूत तहमा के परिवर्तन भयो त खोइ ? गाउँमा जानुभयो भने पुरानै शक्ति-सम्बन्ध छ ।

सरकारले त केही गर्न सकेन सकेन तर समाजमा बसेरै समाजकै लागि केही गर्छु भन्नेहरुले पनि दिल खोलेर समाजसेवा गर्न पाइरहेका छैनन।सामाजिक काम गर्नेहरुलाई नै हरेक किसिमका अंकुस लगाएर समाजको काम गर्ने वातावरण छैन। यदि आफ्नो समाजको लागि आफैंले केही गर्नु पर्छ भन्ने धारण समाजका केही मान्छेमा नहुने हो भने नागरिकले धेरै ठूलो दुख पाउने कुरा प्रष्ट छ।

मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवीयता भने हराएको छैनजस्तो लाग्छ। हराउनु पनि हुँदैन । मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन्
समाजमा जसलाई दुख पर्दा पनि मलाई सम्झने गर्नु हुन्छ।त्यसैमा खुशी लाग्छ।
सेवा नै परम धर्म हो ‘वाक्यांश’लाई अठार पुराणको सार मानिन्छ । यो सबैमा लागू नै हुन्छ भन्ने छैन । तर, कैयौं मानिस अझै पनि हाम्रो समाजमा भेटिन्छन् जसले आफ्ना इच्छा, आकांक्षा, रहर र आवश्यकतालाई एकातिर थन्क्याई सेवामै हरपल तत्पर रहन्छन् ।
कोरोना महामारीले संसारलाई गाँजेकै छ । घर, परिवार, समुदाय, सिंगो मुलुक मात्र होइन, विश्व नै यसको चपेटामा छ । महामारीका कारण लाखौंको ज्यान गइसकेको छ । करोडकै हाराहारीमा संक्रमित छन् । त्यो क्रम अझै रोकिएको छैन । अहिले मान्छेसँग मान्छे डराएर हिँड्नुपर्ने बेला छ । जो कोही सहजै घरबाट निस्कन पाएका छैनन् । निस्किहाले पनि जोखिम मोल्न तयार छैनन् । यस्तो विपद्का बेला कतिपय यस्ता योद्धाहरू पनि भेटिन्छन्, जसले जोखिम मोलेरै सेवा दिइरहेका छन् । विशेषगरी अस्पताल, वित्तीय क्षेत्र, सुरक्षा सेवा, बजार जस्ता बढी भीडभाड र चहलपहल हुने स्थानमा महामारी छिटो फैलिने सम्भावना रहन्छ । यी स्थानहरूमा कार्यरत वारियर्स (योद्धा) हरू सलाम र सम्मानका पात्र हुन् । सामान्यतया त्रासमै बितेको मानिसको अहिलेको दैनिकीलाई चुनौती दिँदै यी ‘वास्तविक नायक’ सबैखाले डर बिर्सेर युद्धभूमिमा सिपाहीसरह लडिरहेका छन् ।
Covid-19 ले समाजमा त्रास फैलिएको छ।तर पनि कुनै प्रवाह नगरी हामी हरेक अभियान सन्चालन गरि नागरिकको स्वास्थ्य सुरक्षाको खातिर आफ्नो ज्यानको माया नगरी लागि रहेका छौँ।यो अभियानमा कोभिड स्वयंसेवकको रुपमा म आफै सकृय भएर लागेको कारण यति लेख्न मन लाग्यो।
समाज परिवर्तन गर्न तपाई हामी नलागे को लाग्छ त ?तपाई हामिले नगरे कसले गर्छ त?भन्ने बानिको विकास अब समाजका सबै सचेत नागरिकले गर्नु पर्छ।
मैले यहाँ हाम्रो समाजमा भएका त्यस्तै समस्याका बारेमा मात्रै भन्न खोजेको हो।
हाम्रो समाजमा विभिन्न प्रकारका मानिस हुँदा रहेछन्। कसैले असल काम गर्छन् भने कसैले नराम्रा काम गर्छन्। असल काम गर्नेहरु अरुको खुसीमा आफ्नो खुसी देख्दा रहेछन्। खराब काम गर्नेहरू अरुलाई दुःख दिन्छन् र अरुको दुःखमा आफ्नो खुसी देख्दा रहेछन्।                                                       पिपल गेट द लिडरसिप दे डिजर्भ (हरेक जनसमुदायले आफूअनुसारकै नेतृत्व पाउँछ) ।
हाम्रा गाउँहरू पनि एकले अर्कोलाई सहयोग गरेर चल्छन् किनभने इतिहासदेखि नै हाम्रा गाउँ परनिर्भर भएका छैनन् । गाउँमा रैथाने ज्ञान र रैथाने प्रविधि हुन्छ । त्यसले नै समाज सञ्चालन गर्न टेवा पुर्‍याइरहेको छ । त्यसकारण, को-अपरेपिटभनेस (सहकार्य) नै हाम्रोे विशिष्टता हो
अन्तिममा के भन्न चाहान्छु भने समाज तपाई हामी सबैको हो।यदि तपाई हामीले आफ्नो समाजको लागि केही गर्न सकेनौ भने हाम्रो समाज पछि पर्ने छ।           भरत रोन श्रेष्ठ युवा अभियान्ता,सफल ब्यवसायी एबम माओबादी केन्द्रका युवा नेता हुन।

Back to top button