सरकारमा सहभागि हुने जसपा उपेन्द्र यादव समूहको संसदीय दलको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ । यादवले बोलाएको दलको बैठकमा १७ जना संघीय सांसदको उपस्थिति रहेको एक नेताले बताउनुभयो ।

जसपामा अध्यक्ष महन्थ ठाकुरले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका थिए भने उपेन्द्र यादवले तत्कालिन विपक्षी गठबन्धनलाई साथ दिएका थिए । त्यही कारण जसपा फुट्को संघारमा पुगेको हो । निर्वाचन आयोगले जसपाको आधिकारिकता अध्यक्ष वा ठाकुरलाई दिएपछि औपचारिक रुपमा फुट्ने अवस्था छ ।

Back to top button