सवै सांसदलाई अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको केहिबेरपछि बस्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

सर्वोच्च अदालतको २८ असारको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । आज नै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।

यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रतिनिधिसभामा अनिवार्य उपस्थित हुन पार्टीका सबै सांसदलाई ह्वीप जारी गरेको हो ।

Back to top button