अदालतले प्रधानमन्त्री बनाएको हैन, संविधान अनुशार चल्न सिकाएको मात्रै हो : डा. रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद्मा देउवाका लागि विश्वासको मत माग्दै देउवालाई अदालतले प्रधानमन्त्री बनाएको भन्ने एमालेको आरोपलाई खण्डन गर्नुभएको छ ।

अदालतले देउवालाई प्रधानमन्त्री बनाएको नभई संविधानअनुसार चल्न सिकाएको मात्र बताउनुभएको छ । ‘दलहरूले प्रधानमन्त्री दिन नसकेर संसद् नै विघटन हुने अवस्था आउँदा धारा ७६ (५) अनुसार विवेकको मत दिएर संसद्को रक्षा गर्नसक्नेबारे सम्झादिएको मात्रै हो’ सांसद रिजालले भन्नुभयो ।

उहाँले एमाले अध्यक्ष केपीशर्मा ओलीलाईलाई लक्षित गर्दै प्रचण्ड र माधवकुमार नेपाललाई विवेकको मत दिन बाध्य गराएको अदालतले नभई आफ्नै अहङ्कारले भएको बताउनुभयो ।

Back to top button