मोरङ व्यापार संघद्वारा राहत वितरण

विराटनगर । मोरङ व्यापार संघले जिल्लाका आफ्ना शाखाहरुलाई खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संघले जिल्लाका विभिन्न स्थानहरुमा कोभिड १९का कारण प्रभावित विपन्न तथा असहाय वर्गलाई वितरण गर्न आफ्ना नौ वटा शाखालाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मून्दडाले सुन्दरहरैंचा, पथरी, लेटाङ, बेलवारी, उर्लावारी, मिक्लाजुंग, इटहरा उद्योग वाणिज्य संघ, केरावारी व्यापार प्रबन्ध समिति, रंगेली उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिलाई चामल, दाल, तेल, विस्कुट, चाउचाउ, नुन, मास्कलगायतका सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, उपाध्यक्ष अनुपम राठी, महासचिव अनिल कुमार साह, सदस्य संजय श्रेष्ठ, मनिष मारु, विनित सिंघानिया, सन्तनु रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

Back to top button