प्रधानमन्त्री देउवालाई विश्वासको मत : नेपाल पक्षका १० सांसदले मत दिएनन्, ओली पक्षका ८ जनाले दिए मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा गएराती लिएको विश्वासको मतमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १० जना सांसदले देउवाको पक्षमा मत दिनुभएन । तर एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका ८ सांसदले देउवालाई मत दिनुभएको छ ।

नेपाल पक्षका उपमहासचिव धनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, राजबहादुर बुढा, झपट रावल र दिपकप्रकाश भट्टले देउवाको पक्षमा मतदान नगरी संसदबाट बाहिरिनुभएको थियो ।

यता, अध्यक्ष ओली पक्षमा रहेका सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, हिरा केसी, बिना बुढाथोकी र समिना हुसेनले प्रधानमन्त्री देउवालाई मत दिनुभएको हो ।

Back to top button