सिखर धवनको कप्तानीमा श्रीलंका ७ विकेटले पराजित

काठमाडौं । ओपनर ब्याट्स म्यान सिखर धवनको कप्तानीमा भएको पहिलो एक दिवसीय खेलमा श्रीलंका घरेलु मैदानमा ७ विकेटले पराजित भएको छ । ३ एक दिवसीय र ३ ट्वान्टी २० क्रिकेट खेल्न धवनको कप्तानीमा श्रीलंकाको कोलम्बो पुगेको हो । एक दिवसीय खेलमा भारतले ३ विकेटको क्षतिमा १–० को अग्रता कायम गरेको हो ।

कोलम्बोको प्रेमदाशा रंगशालामा सम्पन्न पहिलो एक दिवसीय खेलमा धवनले कप्तानी पारी खेल्दै अविजित ८६ रन बनाउन सफल भएको छ । टस जितेर ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले तयार पारेको २ सय ६३ रनको लक्ष्य धवनको टोली ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

पहिलो विकेटका लागि ओपनर ब्याट्स म्यान पृथ्वी शले २४ बलमा ४३ रन, दोस्रो बिकेटका लागि इशानले ४२ बलमा ५९ रन र तेस्रो विकेटका लागि मनिसले २६ रन जोडेका थिए । सूर्यकुमार यादव ३१ रनमा अविजित रहे ।

श्रीलंकाका पुछारक्रमका ब्याट्स म्यान चामिण्डा करुणरत्नेले बनाएको अविजित ४३ रन नै सबभन्दा बढी रहयो । श्रीलंकाले ९ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो ।

Back to top button