स्थापना दिवसको अबसरमा दोलखा फर्निचर ब्यवसायी संघद्वारा विभिन्न सामाग्री बितरण

दोलखा । फर्निचर तथा फर्निचर ब्यवसायी
महासंघको स्थापना दिवसको अबसरमा दोलखा शाखाले विभिन्न सामाग्री बितरण गरेको छ।
सदरमुकाम चरिकोट नजिकै रहेको अनाथलयमा दोलखा फर्निचर तथा फर्निचर ब्यवसायी संघले शैक्षिक सामाग्री सहित फलफूल बितरण गरेको हो।

गत बर्षमा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको संघले कोरोना महामारी सहितका कारण सामाजिक दुरि कायम गर्दै शैक्षिक सामाग्री सहित फलफुल बितरण गरिएको दोलखा फर्निचर तथा फर्निचर ब्यवसायी संघका सचीव गणेश श्रेष्ठले जानकारी दिए।
दोलखा शाखाका अध्यक्ष भिम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मावबादी केन्द्रका नेताहरू पुष्कर अधिकारी, मिनकुमार शिवाकोटी , नेपाल बाल संगठनका अध्यक्ष रामप्रसाद सापकोटा लगायतको उपस्थितिमा सहयोग बितरण कार्यक्रम सम्पन्न गरिएको थियो।

Back to top button