बलत्कार आरोपमा अदालतबाट हाजिरी जमानीमा छुटेका राणा डिआईजीमा बढुवा

काठमाडौं । बलत्कार आरोपमा अदालतबाट हाजिरी जमानीमा छुटेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई प्रहरी नायब महानरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

धरानमा एसएसपीमा कार्यरत हुँदा गत वर्ष एक महिलालाई बलत्कार गरेको आरोपमा राणा पक्राउ पर्नुभएको थियो । जिल्ला अदालत सुनसरीमा बुझाएपछि अदालतले हाजिरी जमानीमा छोडेको छ । डिआईजी सहकुलबहादुर थापा एआईजीमा बढुवा भएपछि रिक्त दरबन्दीमा बढुवा समितिले राणालाई बुढुवाका लागि सिफारिस गरेको हो ।

Back to top button