पहिरोले पुरिएर कामदारको मृत्यु 

पाँचथर । हिलिहाङ गाउँपालिका ५ सुभाङमा सडकमा काम गरिरहेका कामदारको पहिरोले पुरिएर मृत्यु भएको छ । तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुंगा का २७ वर्षीय टिका मोक्तानको मृत्यु भएको हो ।

सुभाङस्थित मध्यपहाडी लोकमार्ग निर्माण गरिरहेको रसुवा कन्ट्रक्सनले सडकको भित्तामा ग्याबियन भर्ने क्रममा १५ मिटर माथिबाट खसेको पहिरोमा पुरिएर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Back to top button