देउवा सरकारलाई सहजिकरण गर्न ६ सदस्यीय कार्यदल

काठमाडौं । सर्वोच्च अदालतको परमादेश पछि गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालनलाई सहजिकरण गर्न कार्यदल गठन भएको छ ।

सरकार सञ्चालनमा सहजीकरण गर्न भन्दै सत्तारुढ गठबन्धनले ६ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा मिनेन्द्र रिजाल, माओवादी केन्द्रका वर्षमान पुन र देव गुरुङ्ग जसपाबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहनुभएको छ ।

सरकारको सहयोगी कार्यदलमा भने सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको एमालेका माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चालाई भने सहभागि गराइएको छैन ।

Back to top button