अमेरिकी पूर्वमन्त्री सहित ७ जनालाई चिनले लगायो प्रतिबन्ध

चीनले अमेरिकी पूर्वमन्त्रीसहित सात जना नागरिक र केहि संस्थालाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

अमेरिकी पूर्व वाणिज्यमन्त्री विल्बर रससहित ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस–चाइना इकोनोमिक एण्ड सेक्युरिटी रिभ्यु कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटका एडम किङ चीनले लगाएको प्रतिबन्धको सूचिमा पर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्धको निर्णय सार्वजनिक गरेको हो ।

हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको हो ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका विचलित नहुने प्रतिकृया दिनुभएको छ । बिग्रदो सम्बन्धलाई सम्बोधन गर्ने उपायबारे छलफल गर्न कै लागि उपविदेश मन्त्री सेरमन चीन भ्रमण हुन लागेको समेत बताइएको छ ।

Back to top button