सञ्चार क्लब उर्लाबारीमा नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता

उर्लाबारी । पूर्वी मोरङका पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको सञ्चार क्लब नेपाल, उर्लाबारीको १८ औं चुनावी साधारणसभा साउन १६ गते हुने भएको छ ।

जसका लागि आज उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । साउन १६ मा हुने निर्वाचनका लागि विभिन्न ७ पदमा २० जनाले उम्मेद्वारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

क्लबको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा नवराज भट्टराई, हरीप्रसाद कोइराला र अनिल चौहानले उम्मेद्वारी दिनुभएको छ । यस्तै उपाध्यक्षमा सुमन घिमिरे, दिपक बाँस्तोला, केशब निरौला र कुमार खड्काले मनोनयन दर्ता गर्नुभएको छ ।

महासचिवमा भिमराज अधिकारी, विजय धिमाल र तिलक नेपालीको उम्मेद्वारी परेको छ । सचिवमा ज्योति चौहान र भूमिप्रसाद पाठक प्रतिस्पर्धामा हुनुहुन्छ । कोषाध्यक्षमा दिलिप पोखरेल, पुजन दास र इश्वर दुलालले उम्मेद्वारी दिनुभएको छ ।

दुई जना सदस्यका लागि ५ जनाको उम्मेद्वारी परेको छ । जसमा प्रबेश विष्ट, संगीता राई, रेनुका निरौला, प्रेम भट्टराई र सनम रोक्काले उम्मेद्वारी दिनुभएको हो ।

Back to top button