अमेरिका र चीनबीच प्रतिबन्धको राजनीति

काठमाडौं । विश्वका दुई ठूला शक्ती राष्ट्र अमेरिका र चीनबीच एका अर्का देशमा नागरिक तथा अधिकारीमाथि प्रतिबन्ध लगाउने राजनीतिले विश्व राजनीतिमा तर)ग ल्याएको छ । अमेरिकाले हङकङस्थित चीनीया अधिकारीमाथि प्रतिबन्ध लगाएको जवाफमा चीनले पनि ७ जना अमेरिकन नागरिक तथा संस्थामाथि प्रतिबन्ध लगाएको घोषणा गरेको हो ।

चीनले प्रतिबन्ध लगाएको अमेरिकन नागरिक तथा संस्थाको सूचीमा पूर्वअमेरिकी वाणिज्यमन्त्री विल्बर रस, हृयुमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस चाइना इकोनोमिक एण्ड सेक्युरिटि रिभ्यू कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरन्याश्नल रिपब्लिकन इन्स्टिच्यूटका एडम किङलगायत छन् ।

अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कने पूर्व सन्ध्यामा यो प्रतिबन्धको घोषणा सर्वाजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । एक अर्का देशका नागरिक, अधिकारी तथा संस्थामाथि प्रतिबन्धको घोषणा गर्दै दुबै देशले आ–आफ्ना अनेकौ दलिल पेस गरिरहेको समाचार संस्थाहरुले जनाएको हो ।

Back to top button