एकता १० दिनभित्र टुङ्गिन्छ : एमाले प्रवक्ता ज्ञवाली

बुटवल । नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले एक साताभित्रै पार्टी एकताको टुङ्गो लाग्ने बताउनुभएको छ ।

आज पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको आधारमा रहेर एकता अघि बढ्ने बताउनुभएको हो ।

उहाँले यसका लागि माधवकुमार नेपाललगायतका नेताहरु तत्काल नआएपनि एकताको काम अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘माधव कमरेडलगायतका साथीहरू तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै अघि बढ्छौं, जुन दिन पार्टीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिइन्छ । तर, अब कुरेर बस्ने स्थिति छैन ।’

विपक्ष दलको नेतालाई सरकार बनाउँदासम्म पनि पार्टी एकता जोगाउन वर्तमान पार्टी अध्यक्षले भूमिका खेलेको भन्दै त्यतिगर्दा पनि एकतामा नआउनु भनेको एकता नचाहेको अर्थ बुझिने उहाँले टीप्पणी गर्नुभयो ।

Back to top button