प्रदेशमा एक हजार अक्सिजन सिलिण्डर मौज्दात राख्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेश सरकारलाई १÷१ हजार थान अक्सिजन सिलिण्डर मौजदात राख्न निर्देशन दिएको छ । कोरोनाको संभावित तेस्रो लहरलाई मध्यनजर गरेर अक्सिजन सिलिण्डर मौज्दात राख्न निर्देशन दिएको हो ।

मन्त्रालयले मौजुदा सिलिन्डरहरु पनि खाली नराख्‍नुका साथै अक्सिजन प्लान्ट,अक्सिजन ट्यांक तथा अक्सिजन कन्सन्ट्रेटरहरु चालु र चुस्‍त अवस्थामा राख्‍न प्रदेश सरकारहरुलाई निर्देशन दिएको छ ।

Back to top button