‘सवैको समन्वयमा शिक्षाको विकास गर्छौं’

मोरङ । पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले शिक्षकहरुको सक्रियता र समाजका सवै पक्षको समन्वयमा शिक्षाको गुणस्तरीय विकास हुने बताउनु भएको छ ।

नगर पमुख राईले वडा नम्बर ४ स्थित भागीरथ माध्यामिक विद्यालयका शिक्षक तथा तात्कालिन प्रधानाध्यापक डिल्लीराज दहालको विदाई र नवनियुक्त प्रधानाध्यापक कृष्णबहादुर कार्कीको स्वागतमा आयोजित कार्यक्रममा यस्तो बताउनु भएको हो ।

कार्यक्रममा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, उपसचिव एवम् नगरको शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, ४ नम्बर वडाध्यक्ष गोविन्दवहादुर भण्डारी, सामाजिक विकास समिति सदस्य भद्रमान विश्वकर्मा सहितले नगरको शैक्षिक विकासका सन्दर्भमा मन्तव्य व्यक्त गर्दै शिक्षकहरुका लागि शुभकामना व्यक्त गर्नुभयो ।

Back to top button