कारागार कार्यालय दोलखालाइ पुस्तक हस्तान्तरण

दोलखा कारागार रहेका कैदी बन्दीलाई बिभिन्न पुस्तकहरु हस्तान्तरण गरिएको छ । आइतबार एक कार्यक्रमका विच महान्यायाधिवक्ताको कार्यालय रामशाह पथ काठमाडौको सहयोग उक्त पुस्तक हस्तान्तरण गरिएको हो । पुस्तक हस्तान्तरण कार्यक्रममा दोलखाका जिल्ला न्यायाधिवक्ता प्रकास मरासेनीले महान्यायाधिवक्ता कार्यालयले गत बर्ष अनुगमनको क्रममा कैदी बन्दीलाई पुस्तक आवश्यक भएको देखिएकोले कार्यालयको सहयोगमा पुस्तक हस्तान्तरण गरिएको बताए । बार एशोसियसन दोलखाका पुर्व अध्यक्ष कृष्ण बस्नेतले कैदी बन्दीलाई पुस्तक अध्ययन गर्न सुझाव दिए। पुस्तक अध्ययनले मानिसको जीवनमा दायरा फराकिलो बनाउने बस्नेतले बताए । कार्यक्रममा कारागार कार्यालय दोलखाका प्रमुख गगन ंिसह बिष्टले सहयोग भएका पुस्तक ब्यबस्थित तरिकाले कारागारको लाइबेरीमा राखिने प्रतिबद्धता जनाए । कैदी बन्दीले सजिलै तरिकाले पुस्तक अध्ययन गर्ने बताबरण उनले बताए । कार्यक्रममा नेपाल पत्रकार माहसंघ दोलखा शाखा उपाध्यक्ष श्रृजन कुमार घिमिरे , पत्रकार सुजन काफ्ले , सुरक्षाकर्मी , कैदी बन्दी लगायतको सहभागिता रहेको थियो ।

Back to top button