कांग्रेसको पदाधिकारी बैठक बस्दै, महाधिवेशनको विषयमा ठोस निर्णय लिने तयारी

काठमाडौं । पार्टी महाधिवेशनको विषयमा सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान ९ बजे बस्दै छ ।

बैठकमा रमेश लेखक नेतृत्वको क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाउने एक नेताले बताउनुभयो । क्रीयाशील विवाद मुलुकभरिको १२५ वटा वडामा रहेको छ । क्रीयाशील विवाद समयमा समाधान हुन नसक्दा साउन १२ गतेदेखि तोकिएको वडा तहको अधिवेशन यसअघिको बैठकले स्थगित गरेको छ । क्रीयाशील विवादमा संस्थापन इतर र संस्थापन दुबै पक्षका नेता तथा कार्यकर्ता पार्टी कार्यालयमा अनसनमा बसेका छन् ।

क्रीयाशील विवाद समाधान भए वडा तहको अधिवेशन बैठकले तोक्न सक्ने नेताहरुको भनाई छ । संवैधानिक व्यवस्था अनुसार कांग्रेसको महाधिवेशन भर्दा महिनाभित्र गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

Back to top button