वन्यजन्तुको छालासहित एकजना पक्राउ

जनकपुर । जनकपुर विमानस्थलबाट वन्यजन्तुको छालासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–११ खैरमाराका ४३ वर्षीय दोर्जे लामा रहेको प्रहरीले जानकारी दिएको छ ।

जनकपुर विमानस्थलबाट लामालाई वन्यजन्तु सुनगोहरोको जस्तो देखिने दुई थान छालासहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जनकपुरबाट काठमाडौं जान लागेका लामालाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र छाला फेला पारेपछि लामालाई पक्राउ गरेको हो । लामालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय धनुषाले जनाएको छ।

Back to top button