सरकारले गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस

काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको गण्डकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई सरकारले फिर्ता बोलाएको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र कांग्रेसबाट गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

Back to top button