पार्टी एकता जोगाउन कसिए अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन लचिलो भएर अघि बढ्ने बताउनुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज उहाँले सांसदहरुसँग पार्टी एकता जोगाउन लचिलो भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको हो ।

अध्यक्ष ओलीले पार्टीका केही नेताले अनुशासनको दायरा तोडेर अघि बढे पनि पार्टी एकता जोगाउन लचिलो भएको बताउनु भयो । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकै अघि बढ्नु भएको तर त्यो बाटो रोज्न नमिल्ने उहाँको भनाई थियो ।

Back to top button