स्वास्थ्य तथ्याङ्क प्रविष्ट गर्ने तालिम सुरु

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेका स्वास्थ्य संस्थाका लागि स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली अन्तर्गत डीएचआइएस २ मा स्वास्थ्य तथ्याङ्क प्रविष्ट गर्ने ३ दिने तालिम आज सुरु भएको छ ।

नगरको स्वास्थ्य शाखाको आयोजनामा उद्घाटन् भएको तालिममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरको स्वास्थ्य क्षेत्रको तथ्याङ्कलाई व्यवस्थित गर्ने योजना अनुरुप तालिम प्रदान गरिएको वताउनु भयो ।

कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा अधिकृत पिताम्बर वस्ती, स्वास्थ्य शाखाका जगत मगर र एकराज खत्रीले पनि मन्तव्य व्यक्त गर्नुभयो ।

नगर मातहत हाल सञ्चालनमा रहेका ८ वटा स्वास्थ्य संस्था र २ वटा नीजि स्वास्थ्य संस्थाका प्राविधिकहरु सहभागि तालिममा १ नम्बर प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी मुकुन्द दहालले सहजिकरण गर्नुभएको छ ।

Back to top button