बढ्दै संक्रमण, भरिँदै अस्पताल

प्रदेश १ मा कोरोना संक्रमित ३६ प्रतिशत

विराटनगर । प्रदेश १ मा पछिल्लो समय निरन्तर संक्रमितको संख्या बढ्दै गएकाले यहा“का कोभिड १९ अस्पतालहरु पनि भरि“दै गएको छ । यस प्रदेशमा बिहीबार संक्रमितको संख्या ३५ दशमलव ७८ प्रतिशत पुगेको छ । ३ हजार ८४ जनामा कोरोना परीक्षण गर्दा बिहीबार १ हजार १०४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रलायले जनाएको हो । यो दोस्रो लहरपछिको सबैभन्दा उच्च हो ।
बुधबार ३ हजार ८५२ जनामा कोरोना परीक्षण गर्दा ३० दशमलव ६३ प्रतिशत अर्थात् १ हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार यस प्रदेशमा ४ हजार १८२ जनामा कोरोना परीक्षण गर्दा ३० दशमलव ३६ अर्थात् १ हजार २७० जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, सोमबार ३ हजार ९४७ जनामा कोरोना परीक्षण गर्दा २८ दशमलव २७ प्रतिशत अर्थात् १ हजार ११६ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै, आइतबार २ हजार ३५२ जनामा परीक्षण गर्दा २८ दशमलव ६१ अर्थात् ६७३ जनामा संक्रमण देखिएको थियो । शनिबार २७ दशमलव ६८ र शुक्रबार २४ दशमलव ३० प्रतिशतमा संक्रमण देखिएको थियो ।

झापामा २ हजार ७८६, मोरङमा २ हजार ३५१, सुनसरीमा २ हजार ३६, धनकुटामा १८०, भोजपुरमा २५, इलाममा ३६, उदयपुरमा ६७, संखुवासभामा १६, तेह्रथुममा १५, खोटाङमा ३, ताप्लेजुङमा ७, पा“चथरमा ३३, ओखलढुंगामा ३ र प्रदेश १ बाहिरका १७५ जना गरी यस प्रदेशमा कूल सक्रीय संक्रमितको संख्या ७ हजार ७४१ पुगेको मन्त्रालयका प्रवक्ता सदानन्द भट्टराईले बताउनुभयो ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलगायतका यस प्रदेशस्थित सामुदायिक तथा निजी गरी ३१ वटा अस्पतालहरुमा भेण्टिलेटरमा ४६, आइसियूमा ६९, एचडियूमा २७१, समान्य शय्यामा १६९ जना उपचार गराइरहेको उहाँले बताउनुभयो । संक्रमितमध्ये ३०१ जना बिभिन्न आइसोलेसन केन्द्रमा र ६ हजार ८८५ जना होम आइसोलेसनमा रहेको उहाँले बताउनुभयो ।

कोभिड १९ उपचार केन्द्रका संयोजक वैजनाथ साहले दैनिक १० देखि १५ जना कोरोना संक्रमित भर्नाका लागि आउन थालेको बताउनुभयो । उहाँले पछिल्लो समय संक्रमित बिरामीको चाप अत्यधिक बढेको र आइसियू, भेण्टिलेटर र एचडियूमा राख्ने बिरामी मात्रै भर्नाका लागि आउने गरेकोले थेग्नै नसकिने अवस्था भएको बताउनुभयो ।

निजी अस्पतालहरुमा संक्रमित बिरामीहरुले आफै उपचार शुल्क तिर्नुपर्ने भएकाले सरकारी अस्पतालमा संक्रमित बिरामीको चाप बढेको छ । सरकारी अस्पतालहरु भरिँदै गएकाले निजी अस्पतालमा पनि संक्रमित बिरामी भर्ना हुने क्रम बढ्दै गएको सामाजिक विकास मन्त्रालयका प्रवक्त भट्टराईले बताउनुभयो ।

दैनिक संक्रमितको संख्यामा वृद्धि हुनुका साथै अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि सर्वसाधारणले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरेको छैन । अहिले स्थानीय तहहरुमा लगाइरहेको कोरोनाविरुद्धको खोप केन्द्रहरुमा देखिएको भिडले झनै संक्रमण फैलिने जोखिम बढेको छ । संक्रमित संख्या बढी रहेका जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञासमेत जारी राखेको तर निषेधाज्ञाका लागि जारी सर्त कार्यान्वयन भएको देखिदैन ।

सरकारले सीमा नाका सिल गरे पनि सहायक तथा चोर नाकाहरुबाट सर्वसाधारण भारततर्फ जाने आउनेको घुइ“चो लाग्ने गरेको छ । जिल्ला प्रशासनहरुले धर्म, संस्कृतिलगायत मन्दिरहरु बन्द गर्न निर्देशन दिए पनि साउनमा शिव मन्दिरहरुमा जल चढाउनेको घुइँचो लाग्ने गरेको कोरोना संक्रमण तिब्र रुपमा फैलिएर स्थिति भयावह बन्ने देखिएको कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिडेण्टेण्ट डा. चुमनलाल दासले बताउनुभयो । उहाँले भारतमा कोरोनाको तेस्रो भेरियन्ट तिव्र रुपमा फैलिरहेकोले सीमा नाका पूर्ण रुपमा बन्द गरेर स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ अपनाउनुको विकल्प नभएको बताउनुभयो ।

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेश्रो लहरको पुर्व तयारीमा जुट्न निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख, १४ वटै जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।

कोभिड–१९ को सम्भावित तेश्रो लहरको पुर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री राईले कोरोनाको तेश्रो लहरमा बालबालिका बढी जोखिममा रहने विज्ञहरुको भनाइ सार्वजनिक भइरहेकोले त्यही अनुसार तेस्रो लहरलाई परास्त गर्ने गरी तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।

‘कोरोनाको तेस्रो लहर अत्यन्तै खतरनाक भएर आउने भएकाले प्रदेशवासीलाई त्यसबाट जोगाउने दायित्वबाट कसैले पञ्छिन मिल्दैन,’ मन्त्री राईले भन्नुभयो, ‘हामी तयारी अवस्थामै थिएनौं भन्ने छुट कसैलाई हु“दैन त्यसैले अहिले आइपरेको समस्या र चुनौतीको सबैले मिलेर समाधानमा जुटौं ।’

मन्त्री राईले अस्पतालको क्षमताअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताउनुभयो । प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आ–आफ्ना जिल्ला भित्रका सबै पालिकाहरुको अवस्था, आवश्यकता र तयारीसहित सम्पूर्ण जानकारी र आवश्यक माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेश गर्न उहाँले निर्देशन दिनुभयो ।

Back to top button