प्रहरी हिरासतमै आत्महत्या

जनकपुर । प्रहरीको हिरासतमै एक थुनुवाले आज बिहान आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा लक्ष्मिनीयाँ गाउँपालिकाका पल्टु रबिदासले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ परेका रिबदासले गञ्जिलाई च्यातेर पासो बनाई थुनुवाकक्षको भेन्टिलेशनमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी धनुषाले जनाएको छ । प्रहरी हिरासतमै थनुवाले आत्महत्या गरेको घटनाप्रति स्थानीयले आशंका व्यक्त गरिरहेका छन् । प्रहरी हिरासतमा भएको आत्महत्याको चौतर्फी विरोधसमेत भइरहेको छ ।

Back to top button