मोटरसाईकल दुर्घटनामा मृत्यु

विराटनगर । बेलबारी नगरपालिका ९ तिनकुटियामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाईते छन् । बेलबारी ९ का २८ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो ।

दक्षिणबाट उत्तर जाँदै गरेको प्र१–०२–०४३प ५७६८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक छेउको विजुली पोलमा ठक्कर दिदा मोटरसाइकलमा सवार चौधरी र ३० वर्षीय श्रवणकुमार विश्वास घाइते भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

घाईते चौधरीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको र विश्वास सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button