ब्राउन सुगर र नगद सहित दुई जना पक्राउ

झापा । मेचिनगर नगरपालिका ९ स्थित लिलाबस्तीको लिलाचोकमा ब्राउन सुगर खरिद बिक्री गरिरहेको अवस्थामा दुई जनालाई ब्राउन सुगर र नगदसहित पक्राउ गरेको छ । मेचिनगर १ का २६ वर्षीय सरोज भुजेल र ३५ वर्षीय निर्मल भुजेललाई पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिगएको संयूक्त टोलीले ब्राउन सुगर खरिद बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

दुवै जनाको साथबाट ब्राउन सुगर ३४ ग्राम र २ लाख ५१ हजार नगद र दुवै जनाले प्रयोग गरेको मे४प ४०९७ र मे६प ३२१३ नम्बरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Back to top button