जीउ मास्ने बेच्ने मुद्दामा १२ वर्षपछि यादव पक्राउ

विराटनगर । जिउ मास्ने बेच्ने मुद्दामा कैद सजाय भएका व्यक्तिलाई १२ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगर १७ का ५० वर्षीय सञ्जय यादवलाई पक्राउ गरेको हो ।

मोरङ जिल्ला अदालतले जीउ मास्ने बेच्ने मुद्दामा छुट्टाछुट्टै दुई वटा मुद्दा २२ वर्ष ४ महिना २० दिन कैद र ६५ हजार जरिवानाको २०६६ असार १५ गते फैसला सुनाएको थियो । तर यादव फरार रहेका थिए । जिल्ला प्रहरी मोरङले यादवलाई पक्राउ गरी कैद र सजाय भुक्तानीका लागि मोरङ जिल्ला अदालतमा आज बुझाएको छ ।

Back to top button