झापामा होटलबाट दुई सय डोज खोप बरामद

झापा । यहाँका एक होटलबाट प्रहरीले २ सय डोज कोरोनाविरुद्धको खोप आज बरामद गरेको छ । विर्तामोडस्थित टाइमलेस मुभमेन्ट होटलबाट खोप बरामद भएको हो ।

विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काले बरामद भएको खोप लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी झापाले जनाएको छ । खोप लुकाएको आरोपमा खड्कालाई जिल्ला प्रहरी झापाले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

Back to top button